वेस्ट इन्डिजले जित्यो भारतविरुद्धको टी-ट्वान्टी सिरिज

काठमाडौँ- आयोजक वेस्ट इन्डिजले भारतविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
आइतबार राति अमेरिकामा भएको पाँचौँ तथा अन्तिम खेल ८ विकेटले जित्दै वेस्ट इन्डिजले सिरिजमाथि ३-२ ले कब्जा जमाएको हो ।
यसअघि दुवै टोलीले समान २-२ खेल जितेका थिए ।
आइतबार राति १ सय ६६ रनको लक्ष्य वेस्ट इन्डिजले १८ ओभरमा केवल दुई विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले ५५ बलमा अविजित ८५ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रन जोड्यो ।
भारतका लागि सुर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया