बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान

हेटौंडा : बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान भएको छ । जेठ १६ गते आइतबारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आइतबार आह्वान गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यसअघि ४ पटकसम्म संसदीय खेलका कारण प्रदेश सभा चल्न सकेको थिएन । प्रदेश सभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दलले माग गरेका थिए । सरकारले त्यसो गर्न नसक्ने भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले संसद् अवरुद्ध गरेको थियो । लगातार ४ पटकसम्म बैठक चल्न नसकेपछि सरकारले बिजनेस हुँदाहुँदै पनि सातौ अधिवेशन अन्त्य गरेको थियो ।
जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धि विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले बताए । उनका अनुसार सातौँ अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधीवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरू बजेट अधिवेशनमा पेश हुनेछन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया