चिकित्सा शिक्षा ऐन परिमार्जनकाे माग गर्दै प्रदर्शनमा

काठमाडौँ- चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले विश्वविद्यालय, प्रतिष्ठान, सिटिइभिटी लगायतको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तराेन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।
उनले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पठाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सिटिइभिटी मातहतका नर्सिङ कलेजहरू बन्द हुन पुगेको उल्लेख गरे ।
आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरूको अभाव हुन सक्ने उनले बताए ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया