पोग्बा म्यानचेस्टर युनाइटेडका लागि महत्वपूर्ण खेलाडी : सोल्स्यार

काठमाडौं : म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले क्लबमा जे जस्तो प्रर्दशन गरे पनि फ्रान्सको राष्ट्रिय टीमका लागि उनी पहिलो एघारमा परिरहने खेलाडी हुन् । क्लबमा बलियो लयका लागि सघंरर्षरत पोग्बा फ्रेन्च राष्ट्रिय टोलीमा निरन्तर परिरहेका छन् ।
केही दिनअघि मात्रै प्रशिक्षक डिडियर डेस्च्याम्पले पोग्बाको विषयमा गम्भीर अभिव्यक्ति दिए । ‘युनाइटेडमा पोग्बाको प्रतिभालाई सही तरिकाले प्रयोग गरिएको छैन । न त उनलाई पर्याप्त खेल समय दिइएको छ न त उनलाई प्रतिभा सुहाउदो भुमिका नै दिइएको छ,’ डेस्च्याम्पले फ्रेन्च मिडियासँग भनेका थिए ।
डेस्च्याम्पको अभिव्यक्ति पछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले पोग्बासँग कुरा गरेको बताएका छन् । ‘मैले पोग्बासँग कुरा गरे । क्लबमा पर्याप्त खेल्ने मौका नपाउँदा उनी दुखी हुन्छन् । जो सुकै खेलाडी पनि यस्तो अवस्थामा दुखी हुन्छ नै ।
तर बुझ्नुपर्ने कुरा के हो भने गत सिजन पोग्बाले राम्रो खेल्न सकेनन् । त्यसपछि उनी कोरोना भाइरसबाट पनि प्रभावित भए । तर उनले फ्रान्सका लगि पछिल्ला तीन खेलमा राम्रो गरेका छन् । युनाइटेड र फ्रान्सका लागि उनले खेल्ने स्थान एउटै हो । त्यसकारण पनि उनले खेल्ने स्थान र भूमिका बारेमा धेरै चिन्ता लिन आवश्यक छैन,’ सोल्स्यारले भने ।
जारी नेसन्स लिगमा पोग्बाले फ्रान्सका लागि चित्तबुझ्दो प्रर्दशन गरेका छन् । फ्रेन्च राष्ट्रिय टोलीका लागि पोग्बाले गरेको प्रर्दशनका आधारमा पनि सोल्स्यारले उनलाई आगामी खेलहरुमा मौका दिन सकिने बताएका छन् । ‘पोग्बा केही समय कोरोना भाईरसका कारण मैदान बहिर रहे । तर अब उनी शारिरक र मानसिक हिसाबमा बलियो देखिन्छन् । पोग्बाले आफूले चाहेको जती खेलमा मौका नपाईरहेको भए पनि उनी युनाइटेडका लागि महत्वपूर्ण खेलाडी हुन् । उनको उपस्थिति हाम्रो टीमका आवश्यक छ,’ सोल्स्यारले थपे ।
सोल्स्याकारले पोग्बा युनाइटेडका लागि महत्वपूर्ण खेलाडी भएको अभिव्यक्ति दिए पनि फ्रेन्च मिडफिल्डरले इंग्लिस क्लब छाड्ने सम्भावना प्रबल छ । गत महिना मात्रै सोल्स्याकरले टोटेनमसँगको खेलमा पोग्बालाइ बेन्चमा राखेपछि पूर्व युभेन्टस खेलाडीले युनाइटेड छाड्ने हल्ला बलियो भएको थियो । पोग्बा आफैले पनि युनाईटेड बसाई करियरको सबैभन्दा अफठ्यारो समयमा परिणत हुदै गएको बताएका थिए । एजेन्सीहरूकाे सहयाेगमा

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया