ल्हारक्यालको नियुक्ति नै बदर गर्न प्रदेशका मन्त्रीको माग

बुटवल- लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएका डा. ल्यारक्याल लामाको नियुक्ति रद्द गर्नुपर्ने बताएका छन् । विवादित व्यक्तिलाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेर गल्ती गरेको उनले बताए ।
कोषको उपाध्यक्षमा नियुक्त लामाले पहिलो बैठकमै कोषको सम्पर्क कार्यालय काठमाडौँ राख्ने निर्णय गरेसँगै त्यसको मन्त्रीसहित अन्य संस्थाहरूले पनि चौतर्फी विरोध गरेका छन् ।
शनिबार लुम्बिनीमा पत्रकारहरूसँग कुरा गर्दै जनमत पार्टीका नेतासमेत रहेका मन्त्री गुप्ताले लुम्बिनी विकास कोषको कार्यालय काठमाडौँ सार्न नहुने बताए । उनले लुम्बिनी विकास कोषले गरेको मनोमानी निर्णय मान्य नहुने बताउँदै लुम्बिनी विकास कोषले स्थानीयलाई बाइपास गर्दै आएको गुनासो गरे ।
उनले गलत निर्णय सच्चाउन लुम्बिनी विकास कोषलाई आग्रह गर्दै गलत निर्णय गर्दै जाने र स्थानीयलाई बाइपास गरे विरोधमा उत्रने चेतावनी दिए । लुम्बिनीको गुरुयोजना संशोधन गर्नुपर्ने बताउँदै संविधान संशोधन हुने लुम्बिनीको गुरुयोजना संशोधन नहुने हुन्छ र भन्दै प्रतिप्रश्न गरे ।
हरेक क्षेत्रबाट लुम्बिनीवासीलाई अपहेलना गरिएको छ भन्दै मन्त्री गुप्ताले लुम्बिनीवासी र लुम्बिनी सरकारको सहमतिबिना लुम्बिनीमा गरिने काम र निर्णयको विरोधमा आन्दोलित हुने चेतावनी दिए । उनले सरकारले लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति गर्दा लुम्बिनी कै मानिसलाई ल्याउनु पर्नेमा जोड दिए ।
सोही बैठकमा मायादेवी मन्दिर जीर्णोद्धार गर्न कोष स्थापना गर्ने निर्णय गरी डा. लामाले ७ करोड रुपैयाँ सो कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयहरूले उपाध्यक्षले ७ करोडमा कोषको कार्यालय साट्न खोजेको भनी उपाध्यक्षको आलोचना गरेका छन् । करोडमा कोषको कार्यालय साट्न खोजेको भनी उपाध्यक्ष लामाको आलोचना गरेका छन् ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया