शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

टी-ट्वान्टी विश्वकप छनोटअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग खेल्ने

काठमाडौँ- मलेसियामा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग खेल्ने भएको छ ।

नेपाल, मलेसिया, कुवेत र हङकङबीचको चार देशीय श्रृंखला मलेसियामा अगस्ट २२ देखि अगस्ट २६ सम्म चल्नेछ ।

नेपालले पहिलो खेलमा हङकङसँग अगस्ट २२, दोस्रो खेल कुवेतसँग अगस्ट २३ र तेस्रो खेल आयोजक मलेसियासँग अगस्ट २५ मा खेल्ने तालिका रहेको छ ।

श्रृंखलाको तेस्रो स्थानका लागि र फाइनल खेल अगस्ट २६ मा हुनेछ ।