बाबुको हत्या आरोपमा छोरा पक्राउ

बारा- बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६, टांगिया बस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आवेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ । घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

प्रतिक्रिया