मौरीसँग एन्जोलिनाको फोटोसुट

लसएन्जल्स : एन्जोलिना जोलीले हालसालै यस्तो फोटोसुट गरेकी छिन् जहाँ उनले १८ मिनेट मौरीसँग बस्नु परेको थियो । मौरी जिउ भरी राखेर गरेको फोटोसुट उनले नेसनल ज्योग्राफिक पत्रिकाका लागि गरेकी हुन् ।
मौरी संरक्षण दिवसको अवसर पारेर मौरी संरक्षणको सन्देश दिने उद्देश्यले उनले फोटोसुट गरेकी हुन् । फोटोसुटमा जोलीको पाखुरा, हात र अनुहारमा समेत मौरी राखिएका थियो । फोटो खिच्ने काम भने ड्यान विन्टर्सले गरेका हुन् । उनले सेटमा भएका सबैको सुरक्षाको ख्याल गरेर फोटोसुट गरिएको बताए । डन आफैं भने मौरीपालक पनि हुन् । उनले लामो समय मौरीपालन गरेका थिए ।
फोटोसुटका लागि मौरीको जोहो भने इटलीदेखि गरिएको थियो । सुटका दौरान एन्जोलिनाबाहेक अरुलाई मौरीले नटोक्ने गरी संरक्षित गरिएको थियो भने एन्जोलिना भने विना संरक्षण थिइन् । मौरी जम्मा गर्न फोटोग्राफर ड्यानले जोलीको अनुहार तथा पाखुरामा केमिकल दलेका थिए जसकारण मौरी त्यहाँ जम्मा भएका थिए ।
नेसनल ज्योग्राफिकका अनुसार जोलीलाई यो संस्थाले मौरीको ‘गडमदर’ उपाधि पनि दिएको छ । जोलीले पनि यो उपाधि स्वीकार गर्दै मौरीको संरक्षण आफूले गर्न सक्ने काममध्ये एक भएको बताएकी छिन् । युनेस्कोले आउँदा पाँच वर्ष मौरीको संख्या चौब्बर बनाउने संकल्प लिएको छ ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया