नेपाल र नेपालीको व्यवहार सुनेकाे भन्दा पनि माथिल्लो पाइयो : साउदी जान हिडेका भारतीय
'गरीबीका कारण कोभिडले बितेका पिताको अनुहार हेर्न पाइन'

काठमाडौँ : परिश्रम गर्ने मानिसका हातलाई राष्ट्रको भूगोलले छेक्दैन । आफ्ना सपना र जिजीविषालाई राख्न् मानिस सधैँभरि आफ्नै मुलुकको सिमानाको परीधि भित्र रहँन सक्दैनन् । मानिसको उमेर बढेसँगै थपिएको जिम्मेवरी, अभाव र गरीबीको रेखा तन्किन थालेपछि आफ्नो मुलुक छोडन बाध्य हुन्छन् ।
यतिखेर तेस्रो मुलुक जानका लागि धेरै संख्यामा भारतीय नागरिक नेपालमा आएर बसिरहेका छन् । कोभिड-१९ को संक्रमण भारतमा तीव्र रुपमा फैलिएपछि भारतबाट हुने सीधा उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएपपछि वैदेशिक रोजगारमा जान भारतीय नागरिक नेपाल आइ बसेका छन् । नेपालबाट अन्तरराष्ट्रिय उडानसमते बन्द भएकाले भारतबाट आएका नागरिक गन्तव्य मुलुक जान पाएका छैनन् ।
'नेपाल र नेपालीको बारेमा राम्रो हुन्छ भनेर सुनेको थिए । यहाँ आएपछि साँच्चिकै थाहा भयो नेपालीहरू राम्रा हुँदा रहेछन्,' भारतबाट साउदी अरब जान नेपाल आइ बसेका अब्दुल सम्हादले भने । साउदीमा पनि नेपालीको संगत गरेका उनले इमान्दार र राम्रो हुन्छन् भन्ने थाहा पाएका थिए । एक महिनाको बसाइमा अझ बढी नजिक चिन्न पाएको उनी बताउँछन् ।
'टीकटका लागि एक लाख बढी तिर्नुपर्नेछ'
उनी नेपाल आएको शनिबार एक महिना पुग्यो । घरबाट साउदी अरब जाने आशामा दिल्लीबाट नेपाल एयरलायन्सको जहाजबाट काठमाडौँ आएका थिए । उनले एक महिनासम्ममा तीन होटल फेरिसके । तर उनका लागि साउदी जाने टिकट अहिलेसम्म कन्फर्म भइसकेको छैन । टीकटका लागि १ लाख रुपैयाँ बढी तिर्नुपर्ने उनले बताए । ' जति पनि मूल्य तिर्न तयार छौं तर साउदी जान पाउनुपर्यो,' उनी भन्छन ।
पछिल्लो केही सातायता भारतीय दूतावासले विमान चार्टड गरी आफ्ना मुलुकका कामदार साउदी पठाउन थालेको छ । अब्दुल पनि त्यहीँ चार्टड विमानमा जाने आशामा छन् । उनीसँगै आएका केही साथीहरू भने साउदी पुगी क्वारेन्टाइनमा बसिसकेका छन् । 'हामी यहाँ पाँच जना छौँ । एजेन्टले जान पाइन्छ भनेर आश्वासन मात्र दिइरहेको छ,' अब्दुल भन्छन,' दूतावासले चार्टड विमान रिजर्भ गरेपछि खबर गर्छौ भनेका छन् ।' अब्दुलको घर उडीसा राज्यमा छ । उनी आएको ११ दिनमा ५५ वर्षीय बाबाको कोभिडको कारण मृत्यु भएको थियो ।
उनको घरमा श्रीमती दुई जीउकी छिन् । बाबाको अनुहार देख्न नपाएका उनी हुनेवाला सन्तानको मुख देख्न नपाइने चिन्तामा छन् । उनलाई गरीबीको कारण यो सबै समस्या भोग्नुपरेको जस्तो लाग्छ । उनले एक वर्ष अगाडि विवाह गरेका थिए । अब्दुल साउदी जानका लागि ल्याएको खर्च पनि सकिन लागेको बताए । तिलगंगाको एक होटलमा बसेका उनले दैनिक कोठा भाडा १२ सय तिर्छन् । उनले खानामा एक सय ५० रुपैयाँ तिर्ने गरेका छन् ।
साउदीको अलहुदेफ कम्पनीमा १० वर्ष भइसकेको छ । उनी इलेक्ट्रिकल फरम्यानको रुपमा काम गर्छन् । अब्दुल १० वर्षमा उनको कम्पनीले सडकमा रहेको बिजुली बत्ती बनाउने काम गर्छ । साउदीबाट छुट्टीमा आएको ६ महिना भइसकेको उनी बताउँछन् । ढिलो जाँदा आफूले पाएको काम गुम्ला जस्तो भइसकेको छ,' उनले भने ।
उडान हुन्छ भनेर तीन पटक भन्दा बढी पीसीआर परीक्षण गरिसकेको उनले बताए । एकजनाको परिक्षण गर्दा १० हजार रुपैयाँ भन्दा बढी खर्च भइसकेको उनले दुःखेसो पोखे ।
अब्दुलकै समूहमा रहेका अमिर खान पनि साउदी जाने आशामा छन् । उनलाई साउदी कहिले जान पाइन्छ भन्ने चिन्ताले सताइरहेको छ । घरेलु कामदारको रुपमा ६ वर्षदेखि कार्यरत छन् । अमिर घरमा काम गर्ने भएपनि सवारीचालकको रुपमा काम गर्छन् ।
साउदीबाट छुट्टिमा आएको करिब एक वर्ष भएको थियो । 'कोभिड नियन्त्रण नभएपछि र घरखर्च धान्न गाह्रो भएकाले पुरानै काममा फर्कन लागेको हुँ,' खान भन्छन,' साउदी जाने टुंगो लागेको छैन । साउदी सरकारले नेपालबाट हुने उडान रोकिएको छ भन्ने सुनेको छु ।'
'दुई हजार बढी भारतीय नागरिक साउदी गए'
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन विभागका अनुसार हालसम्म दुई हजार भन्दा बढी भारतीय नागरिक साउदी अरब गइसकेका छन् । विभागका प्रमुख सुशील वैद्य दश चार्टड उडानबाट भारतीय नागरिक गइसकेको बताउँछन् । 'हिमालयन एयरलायन्सको तीन र नेपाल वायुसेवा निगमले सात उडान भरिसकेको छ,' उनले भने ।
बैशाख १५ भन्दा अघि आएका भारतीय नागरिकहरू साउदी गइरहेको उनले बताए । उनका अनुसार वैशाख १५ पछि आएका भारतीय नागरिक देखि अन्य नागरिक यहाँबाट तेस्रो मुलुक जान पाउँदैनन् ।
नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार केही दिनका चार्टड उडान स्थगित भएको छ । उडानका लागि पर्याप्त यात्रु संकलन हुन नसक्दा चार्टड उडान हुन नसकेको उनले बताए ।
'कुनै पनि कारणले उडान रोकिएको छैन,' भुल भन्छन,' यात्रुको संख्या नपुगेर मात्र उडान रोकिएको हो । हिमालयन र नेपाल एयरलायन्सको विमानमार्फत चार्टड उडान भइरहेको छ ।'

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया