शकिब एसिया कप र विश्वकपका लागि बंगलादेशको कप्तान

काठमाडौँ- शकिब अल हसन बंगलादेशको एकदिवसीय कप्तानको रुपमा फेरि नियुक्त भएका छन् । उनले यसै वर्ष हुने एसिया कप र विश्वकपमा बंगलादेशको नेतृत्व गर्नेछन् ।
बंगलादेशका पूर्व-कप्तान तमिम इकबालले अगस्ट ३ मा ढाडको चोटका कारण एसिया कपबाट बाहिरिएपछि कप्तानी पद छाडेका थिए ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले भने, 'हामीले एसिया कप र विश्वकपका लागि शकिबलाई कप्तान नियुक्त गरेका छौँ । विश्वकप र एसिया कपको टोली भोलि घोषणा गरिनेछ ।'
शकिबले पछिल्लो पटक सन् २०१७ मा एकदिवसीयमा बंगलादेशको नेतृत्व गरेका थिए । उनले अब बंगलादेशका लागि तीनवटै ‘फर्म्याट’ मा कप्तानी गर्नेछन् । शाकिबले सन् २००९ देखि २०११ को बीचमा ४९ एकदिवसीयमा बंगलादेशको नेतृत्व पनि गरेका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया