हातमा कालोपट्टी बाँधेर काम गर्दै मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयका बहालवाला कर्मचारीहरूले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । विश्वविद्यालयले करारमा गरिरहेको शिक्षक–कर्मचारी भर्नाको विरोधस्वरूप हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।
उनीहरूले सेवा आयोगलाई जिम्मा नदिएर करारमा कर्मचारी भर्ना गरेको भन्दै विरोध जनाएका छन् ।
शुक्रबार विश्वविद्यालयका कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफ्ना मागहरू सुनुवाइ नभएकाले शुक्रबारदेखि आइतबारसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका थिए ।
यसअघि गएको मंगलबार पनि विभिन्न कर्मचारी संगठनहरूले करार सेवामा शिक्षक कर्मचारी भर्नाको विषयलाई लिएर विरोध जनाएका थिए । प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विश्वविद्यालयले तत्काल ‘ओएण्डएम’ गर्नुपर्ने, करार सेवामा शिक्षक, कर्मचारी भर्नाका लागि खोलिएका पछिल्ला विज्ञापन रद्द गर्नुपर्ने जस्ता माग गरेका थिए ।
विश्वविद्यालयस्थित रजिस्ट्रार कार्यालयमा दिइएका ती मागका बारेमा कुनै पनि छलफल तथा सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनस्वरूप हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा उनीहरूले गरेका हुन् । आइतबारसम्म पनि आफ्ना माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने कर्मचारी संगठनहरूले चेतावनी दिएका छन् ।
विश्वविद्यालयले कर्मचारीसँगै उपप्राध्यापक तथा प्रशिक्षक तर्फ समेत गरी १३ जना कर्मचारी र उपप्राध्यापक पदहरूमा जनशक्ति माग गरेको छ । उनीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनहरूले उक्त सूचना रद्द गर्नुपर्ने माग गरेका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया