जसपाकी सांसद लिम्बु आज मन्त्री बन्दै

विराटनगर- कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्वव थापाले जसपाबाट सांसद निर्मला लिम्बुले आजै अपरान्ह ३ बजे मन्त्री पदको सपथ लिने जानकारी दिए ।
उनलाई यसअघि सम्हालेकै स्वास्थ मन्त्रालयको जिम्मेवारी तोकिनेसमेत मुख्यमन्त्री थापाले बताए ।
कोशी प्रदेश सभामा जसपाको एक सिट रहेको छ । तत्कालिन नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्यमन्त्री बनेकी थिइन् ।
उनले सरकारले पहिचानको आन्दोलनलाई बेवास्ता गरेको र पार्टीभित्रबाटै असहयोग भएको भन्दै पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
जसपाले कोशी प्रदेश खारेज गरेर प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको छ ।
सांसद लिम्बुले थापा नेतृत्वको सरकार गठन हुँदा समर्थन जनाउने क्रममा पुनः नामकरणको मुद्दामा मुख्यमन्त्री थापाले लिखित प्रतिवद्धता नजनाएसम्म जसपाले विश्वासको मत नदिने चेतावनी दिएकी थिइन् ।
मुख्यमन्त्री थापाले शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै नामाकरणमा असन्तुष्ट पक्षहरूले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन प्रदेश सरकार तत्पर रहेको प्रतिवद्धता जनाएका हुन् ।
तत्कालीन प्रदेश १ लाई नामाकरण गर्नैपर्ने संवैधानिक, राजनीतिक र नैतिक आवश्यकताले बाँधिएको भन्दै २०७९ फागुन १७ गतेको प्रदेश सभा बैठकले कोशी प्रदेश नामाकरण गरेको मुख्यमन्त्री थापाले प्रष्टिकरण दिए ।
उनले चाँडै विश्वासको मत लिने पनि जानकारी दिए ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया