टी-ट्वान्टी विश्वकप छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा

काठमाडौँ- मलेसियामा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
२०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दैछ ।
छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा भुटान, आयोजक मलेसिया, बहराइन, कतार र यूएई रहेका छन् ।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।
एसिया छनोटबाट दुई टिमले ग्लोबल क्वालिफायर खेल्नेछन् ।
अन्तिम टोलीः
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पौडेर, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया