बायर्न म्युनिख र टोटनह्यामबीच केनको अनुबन्धका लागि सम्झौता

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिखले इंग्ल्यान्डका कप्तान ह्यारी केन अनुबन्ध गर्न इंग्लिस क्लब टोटनह्यामसँग सम्झौता गरेको छ ।
बायर्न म्युनिखले केन भित्र्याउन गरेको १०० मिलियन यूरोभन्दा बढी मूल्यको प्रस्ताव टोटनह्यामले स्वीकार गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।
दुई क्लबबीच सहमति भएता पनि अब बायर्न जाने कि टोटेनह्याम नै बस्ने भन्नेबारे केन आफैँले निर्णय गर्नुपर्ने छ । ३० वर्षीय केनको टोटनह्यामसँगको सम्झौतामा अब मात्र एक वर्ष बाँकी रहेको छ ।
टोटनह्यामका लागि ह्यारी केनले ४३५ खेलमा २८० गोल गरेका छन् । उनले गत सिजन प्रिमियर लिगमा ३० गोल गरेका थिए । केनले ३२० प्रिमियर लिग खेलहरूमा २१३ गोल गरिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया