सुर्खेतमा फैलँदै डेंगी संक्रमण

सुर्खेत- दुई साता यता सुर्खेतमा डेंगीको संक्रमण बढ्दै गएकाे छ । जिल्लामा हालसम्म ११ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगरमा डेंगी संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा संक्रमण अझै बढ्ने देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा विशेषगरी शहरीकरण भएका बस्ती तथा वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगीको उच्च जोखिम रहेको छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. १३, १४, १५ र १६ मा हाल डेंगीका बिरामी देखिएका छैनन् । संक्रमित बिरामीको संख्या हेर्दा नगरपालिकाको वडा नं. १ देखि १२ मा धेरै देखिएको कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।
सुर्खेतका सहरी क्षेत्रहरू वीरेन्द्रननगर बजार, छिन्चु, जहरे, मेहेलकुना र बोटेचौर बजार लगायतका क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत सरसफाइ अभियान थालनी गर्न लागेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख गौतमका अनुसार विगतका वर्षको तुलनामा अहिले डेंगीका संक्रमितहरू कम फेला परेका छन् । उनले स्वास्थ्य संस्थाहरूले सञ्चालन गरेको खोज र नष्ट गर भन्ने अभियान पश्चात संक्रमितको संख्यामा कमी भएको बताए । यस अभियान अन्तर्गत लामखुट्टेका लार्भाहरू खोज र नष्ट गर्नुको साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जनाए । यस वर्ष पनि सचेतनाका कार्यक्रमहरू सञ्चालित भइरहेको उनको भनाइ छ ।
डेंगी एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजग हुनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया