भारतको बाटो हुँदै साउदी पुगेका चार महिला घरेलु कामदार नेपाल फर्किए

काठमाडौँ- भारतको हवाइ मार्ग प्रयोग गरी साउदी अरब पुगेका चार घरेलु कामदार नेपाली महिलालाई साउदी अरबस्थित नेपाली दूतावासले स्वदेश फर्काएको छ ।
बुधबार उनीहरूलाई साउदीको अध्यागमन विभाग र घरेलु कामदार कार्यालयले कानुनी प्रक्रिया पुर्याएर नेपाल पठाएको हो । श्रम स्वीकृत नलिइकन कुवेत पुगेका नेपाली महिलाहरू केही समय कुवेतको कम्पनीमा काम गरी साउदी अरब पुगेका थिए ।
तीन महिना अघि साउदीको विभिन्न ठाउँबाट उनीहरूलाई उद्धार गरिएको थियो । उनीहरूको अवस्था गम्भीर भएकाले दूतावासले उद्धार गरी सेल्टरमा राखेको थियो । दूतावासले उनीहरूको खाने र बस्ने व्यवस्था गरेको थियो ।
उद्धारपछि उनीहरूलाई दूतावासको सेल्टरमा राखिएको थियो । केही महिलाहरूले भने साउदीका कफिलहरूको घरमा सात वर्षसम्म काम गरेका थिए ।
साउदी कफिलहरूले पारिश्रमिक नदिएको, बिरामी हुँदा औषधि उपचार नगराएको, दैनिक १८ घण्टासम्म काममा लगाउने, तलब माग्दा कुटपिट गर्ने गरेको, शारीरिक-मानसिक तनाव दिने गरेको, नेपाल जाने भन्दा अभद्र र अमानवीय व्यवहार गर्ने गरेको घटना दूतावासलाई जानकारी भएको थियो ।
नेपाल सरकारले साउदी अरबमा घरेलु कामदारको रुपमा पठाउन प्रतिबन्ध लगाएको छ । भारतको बाटो प्रयोग गरि मानव तस्करहरूले विभिन्न मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका लागि लैजाने गरेका छन् । दूतावासले मानव तस्कर र एजेण्टको प्रलोभनमा परी साउदी अरब नआउन दूतावासले अनुरोध गरेको छ।
त्यसैगरी, विभिन्न समयमा गैरकानुनी बाटो हुँदै साउदी पुगेका नेपाली कामदारलाई स्वदेश फर्काउन साउदीस्थित गैर आवासीय नेपाली संघले सहयोग गरेको पनि दूतावासले बताएको छ । नेपाली महिलालाई स्वदेश फर्कनका लागि साउदीस्थि प्रवासी मञ्चले टिकटको व्यवस्था गरिदिको थियो ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया