सिंगापुरका चार संस्थाले दिए ६ भेन्टीलेटरसहितका स्वास्थ्य सामग्री

काठमाडौँ : सिंगापुरका चार विभिन्न संस्थाले नेपाललाई कोभिड-१९ महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पीसीआर किट्स, पल्स अक्सिमीटर, ३० युनिटको टेली भेन्टिलेटर र ६ युनीटको भेन्टिलेटर सहयोग गरेका हुन् । टेमासेक फाउण्डेसन, सिंगापुर फाउण्डेसन, मिरसेस प्रा.ली लोट्स लाइफ फाउण्डेसनले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल एयरलायन्सको कार्गो उडानबाट शनिबार साँझ स्वास्थ्य सामग्री लिएर आएको परराष्ट्र मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । परराष्ट्र मन्त्रालयका कर्मचारीकोसमेत सहभागी थियो ।
नेपाल सरकारले टेमासेक लगायत सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया