सिद्धबाबा सुरुडमार्गका लागि टेण्डर आह्वान
बुटवल : बुटवल-तानसेन सडक अन्तर्गतको 'मृत्युमार्ग’को उपमा पाएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गका लागि टेण्डर भएको छ । सडक विभागले आइतबार सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।
४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागले जानकारी दिएको छ । टेन्डरका लागि ४५ दिनको समय रहेको छ । लामो समयदेखि यो योजना चर्चामा थियो । हरेक पटकको निर्वाचनमा यो आयोजना मुख्य मुद्दा बन्ने गरेको छ ।
विभागका अनुसार स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्डर आह्वान भएको हो । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट जाली रहन्छ ।
सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ । सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण हो । तर त्यहाको भौगोलिक अवस्थाको अध्ययनले सुरुङमार्गको सम्भावनालाई पनि पुर्ण सफल मानेको छैन ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।
रुपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यन्तै जोखिमपूर्ण छ । दैनिक ५ हजारभन्दा बढी सवारी साधान यो सडकबाट आवत जावत गर्छन । गत चुनावमा पनि पार्टीका उम्मेद्वारहरुले यसलाई मुख्य मुद्दा बनाएर भोट मागेका थिए ।
यसपटक पनि चुनावी नारामा सिमित हुन नहुने स्थानीय बासिन्दाको भनाइ छ । बुटवलका व्यवसायी हरि अर्याल सुरुङमार्ग प्रचारमा सिमित हुन नहुने बताउछन् । 'तत्कालै निर्माण कार्य शुभारम्भ होस, हामी साबिक लुम्बिनी, गण्डकी र धौलागिरी बासीले सुरक्षित आवतजावत गर्न पाऔँ । तर यसपटक पनि प्रचारमा सिमित नहोस्' उनले भने ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Si95gpUKZz_idegtdj4dbwxsb7fcyv2yo0npcf0f7r7fbn0uq14g1l4ocx1kftghbwdkzov.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया