मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

पृथ्वी राजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द

तनहुँ - पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ ।

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ । 

अवरुद्ध सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।