पोखराको फोहर पुनः लामेआहालमा विसर्जन

गण्डकी- कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो ।
स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो । महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो ।
महानगर प्रमुख आचार्यले फोहरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । स्थानीयले फोहर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको उक्त विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_qucvtwDKen_crbdbmkj2ou3g0euo27tdv9tz3oxocmg1ybmy4e1h3yohl9eloooqe2242gw.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

प्रतिक्रिया