ऋण लिने हो ? यी बैंकमा सस्तो छ ब्याज

काठमाडौं : वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)को वित्तिय विवरणका आधारमा तय गरेको आधार दर अनुसार कर्जामा सबैभन्दा सस्तो ब्याजदर हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल र नेपाल बैंक पहिलो पाँचमा देखिएका छन् ।
बैंकहरुसँग स्रोतको उपलब्धता बढेसँगै सबै बैंकको आधारदर घटेको छ । सञ्चालनमा रहेका २७ बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ । हरेक त्रैमासिकमा आधारदर पुनरावलोकन हुने गरेकोमा यस पटकका लागि सबै बैंकको आधार दर एकल अंकमा देखिन्छ ।
सबैभन्दा प्रतिस्पर्धी पहिलो पाँच बैंकमध्य सबैभन्दा प्रतिस्पर्धी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.७४ प्रतिशत रहेको छ । त्यस्तै एनआइसी एसिया बैंकले ६.५० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ६.६१ प्रतिशत, नबिल बैंकले ६.६८ प्रतिशत र नेपाल बैंकले ६.८१ प्रतिशत आधार दर तय गरेका छन् ।
आधार दरमा १ देखि २ प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर तय गर्छन् । आधार दर प्रकाशन गर्नुपर्ने व्यवस्थासँगै सेवाग्राहीले बैंकसँग ऋणको ब्याजदरमा ‘नेगासिएट’ गर्न सक्छन् । बैंक्हरुले आधार दर तय गर्दा उनीहरुको निक्षेप संकलन लागतमा ओभरहेड खर्चको ८० प्रतिशत साथै ०.७५ प्रतिशत नाफा राखेर तय गर्छन् । त्यस्तै, सरकारी ऋणपत्रमा बैंकहरुले प्राप्त गर्ने प्रतिफल निक्षेपमा दिने ब्याजदर भन्दा कम छ भने त्यो कमी पनि उनीहरुले आधार दर तय गर्दा नै जोड्ने गर्छन् ।
सबैभन्दा उच्च आधार दर हुने बैंकहरुमा नेपाल बंगलादेश बैंकको ९.८७ प्रतिशत, सिभिल बैंकको ८.८८ प्रतिशत, सिटीजन्स बैंकको ८.८१ प्रतिशत, सेञ्चुरी बैंकको ८.६८ प्रतिशत र एनसीसी बैंकको ८.६३ प्रतिशत रहेको छ । कोभिड-१९ को संक्रमणका कारण लकडाउन र निषेधाज्ञाका कारण व्यवसायिक गतिविधि सुस्त छन् । जसका कारण पहिलो त्रैमासमा कर्जाको मागमा गत वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले गिरावट आएको थियो ।
यद्यपि कार्तिक महिनादेखि ऋण प्रवाहमा सुधार आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘गत वर्ष कार्तिक महिनासम्म बैंकहरुबाट १ खर्ब २५ अर्ब रुपैँया कर्जा प्रवाह भएकोमा अहिले पनि सोही हाराहारीमा पुगेको छ,’ उनले भने, ‘कर्जा वृद्धिदर स्थिर भएपनि पनि कार्तिकबाट ऋणको माग बढ्न थालेको छ ।’
कोभिड संक्रमण न्यूनीकरणका लागि कार्यस्थल सुरक्षा सम्बन्धि मापदण्ड जारी भएको साथै कोभिडविरुद्धको खोप आउने खबरसँगै व्यवसायिक क्षेत्रमा सामान्य उत्साह आएको छ ।कोभिडका कारण मागमा कमी, व्यवसायिक गतिविधिमा कठिनाइका कारण कतिपय साना, मझौला व्यवसाय बन्द हुन सक्ने भन्दै सरकारले उनीहरुलाई बचाउन नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण पुनःकर्जा स्वरुप दुई अर्ब रुपैँया उपलब्ध गराएको छ भने सरकारले व्यवसायिक निरन्तरताका लागि ५० अर्ब रुपैँयाको सहुलियत कर्जा कोष सञ्चालनमा ल्याएको छ ।
सस्तो कर्जाको उपलब्धता भए पनि व्यवसाय गर्न सहज वातावरण नहुँदा कर्जाको माग भएको थिएन । कर्जाको मागमा कमी र सस्तो कर्जाको उपलब्धता अधिक भएपछि बैंकहरुले आफ्ना नियमित कर्जाका विभिन्न स्कीमहरुमा समेत ब्याजदर घटाएका हुन् । उनीहरुले निक्षेपमा पनि ब्याजदर कम गरेका छन् । जसका कारण बैंकहरुको आधार दर एकल अंकमा राख्न सम्भव भएको हो ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया