अछाम र डोटीमा दुई जना मृत फेला

धनगढी - अछाम र डोटीमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलबार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ।
त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–३ बरलदेउ स्थित सेती नदी किनारमा एक जना मृत फेला परेका छन्। पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया