मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

कञ्चनपुरमा घुमुवा प्रहरी कुटिए

फाइल फोटो

धनगढी - कञ्चनपुरमा घुमुवा प्रहरी कुटिएका छन्। स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटी समूहका एक सिपाही कुटिएका हुन्।

सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन्। उनलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्।​

साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ। ​

साउँद डीआईजी बोहराका नातेदारसमेत पर्ने बुझिएको छ। प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहोराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राखेका थिए।​

बोहोराले आवश्यकता र औचित्य नरहेको भन्दै आरआईटी भंग गरेका थिए । तर उनले लगत्तै आफ्ना नातेदार पर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक डेनी स्वाँरको नेतृत्वमा आरआईटी गठन गरेका थिए। सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी)मा आवद्ध प्रहरी जवान रंञ्जित साउँदले कुटिएको घटना लुकाइएको छ।

प्रदेश प्रहरीका प्रवक्ता प्रज्वल मर्हजनले घटनाको विषयमा जानकारी नभएको प्रतिकृया दिए। कञ्चनपुर प्रहरीलेसमेत घटनाको विषयमा कुनै जानकारी नभएको बताएको छ।