सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएकाे भन्दै एमालेद्वारा संसद् अवराेध

काठमाडौँ- सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरूले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराएका थिए ।
गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ । एमाले सांसदहरूले सदनमा नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर बुधबारसम्मका लागि बैठक स्थगित गरे ।
त्यसअघि सदनमा सुन प्रकरणका बारेमा जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राज्यले गर्ने अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखे । उनले सुन सम्बन्धमा सीआइबीलाई नै छानबिनको अवसर दिइएको भन्दै ३५ दिनको समयमा सीआइबीले नसके नयाँ सिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने धारणा राखे ।
उनले सुन प्रकरणका विषयमा आफूले दिएको अभिव्यक्तिले कसैमाथि चोट पुगेको भए माफी माग्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया