जातीय घृणा र हिंसामा बाइडनको शून्य सहनशिलता

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनले जातिय घृणा र हिंसा रोक्न बलियो कदम अघि बढाएका छन् । उनले यस सम्बन्धि विधयेकमा हस्ताक्षर गरेर नै त्यस्तो कदम अघि बढाएका हुन । कोभिड महामारीको समयमा एसियाली अमेरिकी नागरिकहरूमाथि भएको जातीय घृणा र हिंसाका क्रियाकलापको विषयलाई लिएर उक्त विधयेक तय भएको थियो ।
उनको हस्ताक्षरपछि त्यस सम्बन्धि कानुन नै निर्माण हुनेछ । उक्त कानुन बनेर आएपछि हरेक राज्य र स्थानीयस्तरबाटै त्यस्ता अपराधहरूको नियन्त्रण सुरु हुनेछ । त्यो अधिकार सबैमा रहनेछ । विधयेक प्रतिनिधि सभामा पारित भएको थियो भने सिनेटले पनि मन्जुरी दिएको थियो । राष्ट्रपतिको हस्ताक्षर भएको विधेयक अब कानुन बन्नेछ ।
यो कानुन बनेपछि अमेरिकीले जातियताको विषय र घृणाको विषय मन मस्तिष्कबाट हटाउन सकिने जानकारी अमेरिकी संचार माध्यममा दिइएको छ । यो विषय उनको चुनावी नारामा पनि थियो ।
राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्ने क्रममा नै भनेका थिए, ‘अब अमेरिकामा जातीय घृणा र हिंसाको लागि कुनै पनि स्थान छैन र यसलाई शून्य सहनशीलताको रूपमा अमेरिकी सरकारले लिने छ ।’
अमेरिका सपनाको मुलुक वा अवसरको मुलुक जे भने पनि अधिक एसियालीहरू बस्छन् । एसियालीलाई हेर्ने दृष्टिकोण पनि फरक बनाएको र हेप्ने कार्यसमेत हुने हुँदा त्यसमा सचेत रहन पहल हुँदै आएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया