कोभिड नियन्त्रणको अनुभव बाड्न बेलायती सैन्य चिकित्सक नेपाल आउने

काठमाडौँ : पुरानो मित्र मुलुक बेलायतले आफ्ना सैन्य चिकित्सक नेपाल पठाउने भएको छ । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बेलायतले चिकित्सकलाई नेपाल पठाउने तयारी गरेको हो । नेपालमा कोभिडका गम्भीर बिरामीहरूलाई उपचार गर्न अक्सिजन आपूर्तिको अभाव रहेकाले स्वास्थ्यकर्मीसहितको टोली पठाउने तयारी भएको अन्ताराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।
बेलायती विदेश मन्त्री दर्ड अहमदले बेलायतको सैनिक टोली अगामी साता नेपाल जाने उल्लेख गरेका छन् । उनले सुरूमै नेपालमा सहयोग गर्ने बताएका थिए । बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप सहयोग गर्ने बताइरहेको छ ।
बेलायतमा सेनाले कोभिड भाइरसको संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले यहाँ पनि त्यसप्रकारको अनुभव बाड्न उनीहरू अउन लागेका हुन् । उनीहरुले नेपाली सेनासँगको सहकार्यमा काम गर्नेछन् ।
बेलायती सेनाकै विमानमार्फत आउन लागेको टोलीले साथमा अक्सिजन, औषधि र पीपीईसहित महत्वपूर्ण चिकित्सा उपकरणहरू पनि ल्याउने छ ।
बेलायतले नेपाललाई अन्य सहयोग पनि गरिरहेको छ । बेलायती राजदुत निकोल पोलिटीले प्रधानमन्त्री केपी ओलीसँग भेट्दै सहयोग गर्ने जनाएकी छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया