जेठ सुरु भएपछि सुदूरपश्चिम बढ्योसंक्रमण दर, ४२ प्रतिशतमा कोभिड पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार वैशाखको तुलनामा प्रदेशमा जेठको पहिलो सातामा संक्रमण दर झनै उच्च देखिएको हो । जेठको ८ दिनमा पीसीआर र एन्टिजेन विधिमार्फत प्रदेशका १५ हजार ९१४ को कोभिड–१९ परीक्षण भएको छ । उनीहरुमध्ये छ हजार ६८६ मा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संख्या परीक्षण गरिएको कुल संख्याको ४२ प्रतिशतभन्दा बढि हो । जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना, जेठ ५ गते ८८१ जना र जेठ ६ गते ७९३ जना, जेठ ७ गते ९ सय ३४ जना र जेठ ८ गते ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको कोभिड–१९ परीक्षण गर्दा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो ।
चैत महिनासम्म भने सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये साढे ८ प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको थियो । चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनामा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या बढेर २८ हजार ४३३ पुगेको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार जेठको ८ दिनमा छ हजार ६८६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३५ हजार नाघेको छ ।
गर्मी बढेसंगै कोभिड-१९ को संक्रमण दर पनि बढेको सेती प्रादेशिक अस्पतालमा कोभिड विभाग हेर्दै आएका फिजिसियन डा. निराजन शर्मा पौडेलले बताए । ‘निषेधाज्ञाको अवधिमै कोभिडको संक्रमण दर बढेको पाइन्छ,’ उनले भने, ‘गर्मी मौसम सुरु भइसकेको र सुख्खापनले यस्ता भाइरस सार्ने सम्भावना झनै बढाउने भएकाले संक्रमण दर बढेको हुनसक्छ ।’ उनले पछिल्लो समयमा कोभिड परीक्षण पनि बढि भएकाले संक्रमण दर बढेको हुनसक्ने बताए ।
८ दिनमा १११ को मृत्यु
जेठको ८ दिनमा सुदूरपश्चिम प्रदेशमा एक सय ११ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ १ गतेदेखि ८ गतेसम्म एक सय ११ जनाको संक्रमितले ज्यान गुमाएका हुन् । जेठ १ गते १६ जना, २ गते २१ जना, ३ गते १४ जना, ४ गते १४ जना र ५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
जेठ ६ गते १० जना, जेठ ७ गते ११ जना र जेठ ८ गते १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा दुई हजार दुई सय ५८ जनाले कोभिड जितेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया