गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

कैलाली- कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । सोमबार राति अचानक आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्धार गरिएको हो।
करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेकाहरूको ११ बजे राति उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको हो । प्रहरीले नदीमा फसेकाहरूमा ५ जना पुरुष र १ जना महिलागरी ६ जनाको उद्धार गरेको हो।
त्यस्तै सशस्त्र प्रहरी बलले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्धार गरेको छ। सोमबार राति शुक्लाफाँटा नगरपालिका- ७ स्थित कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको हो।
दुवै जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको हो ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया