शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

प्रतिनिधिसभा बैठक मंगलबार बस्ने गरी स्थगित

काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि सोमबारको बैठक पनि स्थगित भएको छ ।

मंगलबार ३ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको हो । सुरुमा १ बजे बस्ने भनेकाे बैठक ३ बजेका लागि सारिएकाे थियाे । 

एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थगित भइरहेको छ । 

प्रतिनिधिसभा सञ्चालनका लागि शीर्ष नेतृत्वको बैठक चलिरहेको छ । तर, अहिलेसम्म एमालेले आफ्नो अडान नछाडेका कारण सहमति हुन सकेको छैन ।