नर्सिङ लाइसेन्स परीक्षामा ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने

काठमाडौँ - नेपाल नर्सिङ परिषदले सात जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ । परिषदको १९ गते बसेको बैठकले सात जनालाई तीन वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी निर्णय गरेको हो ।
परिषदले भनेको छ, 'परीक्षामा सहभागी परीक्षार्थीले अनियमितता र अमर्यादित व्यवहार गरेकाले कारबाही गरिएको छ ।'
गत असार २३ काउन्सिलले लाइसेन्सको परीक्षा लिएको थियो । लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गर्ने र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गरेको छ ।
काउन्सिलले भने ५० जना अन्य विद्यार्थीको नतिजा स्थगित गरेको छ ।
काउन्सिलले तीन वर्षसम्म परीक्षा दिन नपाउने विद्यार्थीमध्ये चार जनाको परीक्षा रद्द र तीन जनाको परीक्षाफल रद्द गरेको छ ।
परीक्षामा नतिजा प्रकाशित भएकाहरूमध्ये अनुसन्धानबाट दोषी देखिएमा जुनसुकै समयमा उनीहरूको दर्ता प्रमाणपत्र खारेज गरिने काउन्सिलले जनाएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया