एकैपटक ४६ र ३५ संक्रमित देखिएपछि धनुषाका दुईवटा गाउँ सिल

जनकपुरधाम : समुदायस्तरमा कोभिड-१९को संक्रमण फैलिएको भन्दै धनुषाको दुईवटा गाउँ सिल गरिएको छ । जिल्लास्थित मिथिला नगरपालिका-११को दुधपानी लोटा गाउँ र गणेशमान चारनाथ नगरपालि-५को चिसापानी गाउँलाई सिल गरिएको हो ।
दुधपानी लोटामा एकै पटक ४६ जना र चिसापानीमा ३५ जना संक्रमित भएपछि सिल गरिएको छ । गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख रामबाबु यादवले गत दुई दिनअघि चिसापानी गाउँमा एकै पटक ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलिनबाट रोक्न शनिबारदेखि सिल गरिएको हो । सो गाउँबाट बाहिर जाने र बाहिरबाट आउनेलाई प्रवेश निषेध गरिएको छ ।
'सो गाउँमा अझै रुघाखोकी, ज्वरोलगायत संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीहरुको कारणले पनि सो गाउँ बाहेक नगरको अरु गाउँमा संक्रमण फैल्न नसकोस भन्ने उद्देश्यले गाउँलाई सिल गर्नु परेको हो', उनले भने ।
यसैगरी मिथिला नगरपालिकाको जेठ ५ गते दुधपानी लोटा गाउँमा एकै पटक ४६ जना संक्रमित भएपछि त्यसको बुधबारदेखि नै सिल गरिएको छ । नगर प्रमुख हरिनारायण महतोले एकैपटक ४६ जना संक्रमित भएको र गाउँमा अझै ज्वरो रुघाखोकीको बिरामी रहेको कारण थप संक्रमण फैलिनबाट रोक्न बाध्यतावश गाउँलाई सिल गर्नु परेको बताए ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया