शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि

फाइल फोटो

उदयपुर - उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि जिल्लाका सरोकारवाला निकायले बजार क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु गरेका छन् । 

उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखी १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछि डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो । आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, तीनै वटै सुरक्षा निकाय प्रमुख तथा कर्मचारी, उदयपुर उधोग वाणिज्य संघ, गैसस महासंघ, त्रियुगा उधोग वाणिज्य संघ, हुरेन्डेक लगायतका संस्थाको उपस्थितिमा जिल्लामा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । उदयपुर जिल्लामा संक्रमण तिब्र हुनथालेपछि डेंगी लामखुट्टे बस्ने स्थान नष्ट गर्ने अभियान सुरु गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । 

त्रियुगा नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा डेंगु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको त्रियुगा नगरपालिकाका उप्रप्रमुख महेस्वरी राइले जानकारी दिइन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा २६९ जनामा गरिएको डेंगु परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएपछि नगरले आफ्नो पालिका क्षेत्र भित्र फगिंङको काम समेत सुरु गरिएको उनले बताइन् । 

कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा,  गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेंगु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिए । 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल