मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ : मन्त्री साउद

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताएका छन् । आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका हुन् । 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए । उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए । मन्त्री साउदले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतीको नीति हुनुपर्नेमा जोड दिए ।

‘अहिलेको अवस्थामा सरकारले जनताको सेवालाई आफ्नो नीतिको केन्द्रमा राखेको छ । सुशासनलाई सरकारले केन्द्रमा राखेको छ । परराष्ट्र नीतिको सम्बन्धमा पनि हामी स्पष्ट छौँ, विगतका सरकारले परराष्ट्र सम्बन्धलाई वैचारिक र मनोवैज्ञानिक आधार दिएर कतिपय देशसँगको सम्बन्ध जुन सुमधुर हुनुपर्ने थियो । त्यो सुमधुरतामा असन्तुलन आएको बिचमा महशुस भएको थियो । यो सरकार गठन भएपछि कतिपय विगतको सरकारले पनि यसमा मेहनत गरेको छ, परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउने, राष्ट्रिय एकतालाई मजबुद गर्ने गरेर यो सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई परस्पर लाभका आधारमा पनि सम्बन्धलाई विकास गर्ने गरेर सरकारले अगाडि बढीराखेको छ' उनले भने 'राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर, राष्ट्रिय एकतालाई आधार बनाएर र छिमेकीहरुसँगको जनस्तरको सम्बन्धलाई घनिभुत गरेर हामीले अगाडि बढ्नुपर्ने अवस्था छ । विदेश नीति पार्टी–पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरुका बिचमा सहमती हुन सकोस् । हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ । यदी अरु पार्टीहरुको पनि त्यो अपेक्षा छ भने सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका बिचारलाई राष्ट्रिय सहमतीका लागि ग्रहण गर्न तयार रहेको कुरा स्पष्ट गर्न चाहन्छु ।’


उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए । उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफु लागिपरेको बताए । मन्त्री साउदले पासपोर्टमा भने सहजीकरणका लागि आफुले निर्देशन दिइसकेको बताए ।

‘हामी अरु डिपार्टमेन्टहरुमा पनि जस्तो ः पासपोर्ट डिपार्टमेन्टमा पनि भीडको कुरा आएको छ । विशेष गरेर सरकारको उच्चस्तरमा हामीहरु छलफल गरिराखेका छौँ कि बायोमेट्रिकदेखि लिएर विभिन्न कुराहरु एकै सरकारले, हाम्रै सरकारी कार्यालयहरुले पटक–पटक ठाउँ–ठाउँबाट किन गर्ने ? खर्च दोहोरो परिराखेको छ, जुन ठाउँबाट सेवा सुविधा राज्यले प्रवन्ध गर्नुपर्ने हो, एकै ठाउँबाट स्तरिय दिन सक्यौँ भने समयको बर्बादी गर्नुपर्दैन' उनले भने 'र प्रशासनिक कामपनि सहजीकरण हुन्छ । यसका लागि मैले पासपोर्टमा सहजीकरण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु । अरु मन्त्रालयसँग पनि छलफल गरेर यसलाई समाधान दिने बारेमा हामी अगाडि बढ्ने कुरा स्पष्ट गर्न चाहान्छु ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चिन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको बताए । उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए ।

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्गको आवश्यकता

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी