`आतोओडा´ उपन्यासमाथि गैंडाकोटमा चर्चा

गैंडाकोट। जानुका खतिवडाको उपन्यास `आतोओडा'मा सन्थाल जातिका दैनन्दिन बुनिएको समीक्षक सरिता तिवारीले बताएकी छन् । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै समीक्षक तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताइन् । `उपन्यासमा साधारण कुरालाई पनि मीठो गरी आख्यानीकरण गरिएको छ, सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढंगले उल्लेख गरिएको छ´, तिवारीले बताइन् । सन्थाल जातिको समग्र दु:ख, संघर्ष, परम्परालगायतका पक्षलाई लेखक खतिवडाले उपन्यासमा समेटेको सरिताले बताइन् ।
अर्का वक्ता उदय अधिकारीले सन्थाल जातिको सम्बन्ध झापा बिद्रोहसँग जोडिएको बताउँदै लेखक खतिवडाले उपन्यासमा झापाको राजनीतिक घटनाक्रमलाई भने नजोडेको बताए । `पुस्तकमा सन्थाल जातिको विविध प्रसङ्ग समेटिएको छ । तर सन्थाल जातिको समेत भूमिका जोडिएको झापाको राजनीतिक आन्दोलन भने पुस्तकले समेट्न सकेको छैन´, अधिकारीले भने । सन्थाल भाषाका शब्दहरुको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएको पनि उनले बताए ।
अर्का वक्ता रमेश प्रभातले आख्यानकार जानुका खतिवडाको आतोओडा उपन्यास फूलमुनी, टुडुलगायत समस्त भूमिहीन सन्थाल जातिको कथा भएको बताए । आफूहरु भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको उनले बताए । `समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको आतोओडा उपन्यासको प्राप्ति हो´, प्रभातले भने ।
विशेषगरी पूर्वीतराईमा बसोबास गर्ने र समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजेको उनले बताए ।
झापाको गौरादहमा जन्मिएकी लेखक जानुका खतिवडाले आफ्नै सेरोफेरोको कथालाई उपन्यासमा उतारेको बताइन् । सन्थाल जातिसँगको आफ्नो संगत र उनीहरूको जीवनचर्यालाई समेट्दै किताब लेखेको उनले बताइन् । कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरुको पीडा भएको बताउँदै किताबको पाण्डुलिपि पढेपछि नेपाली आख्यानजगतमा राम्रो किताब दिन सकिन्छ भनेर किताब प्रकाशन गरेको बताए । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए । किताबको मूल्य ३३५ रुपैयाँ छ । यो उपन्यास पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सुचीमा सुचीकृत छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OGzKeKxl0Z_j7k7zeqkmawneuhupvu2ubbybzhjp1p5wpet5my61n7ptlusvv4dvnnxx8aa.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया