सन्दीपआवद्ध सर्रे फाइनलमा, दिपेन्द्रको मोन्टरियल क्वालिफायर खेल्ने

काठमाडौँ- सन्दीप लामिछानेआवद्ध सर्रे जागुआर्स ग्लोबल टी-ट्वान्टी क्यानाडाको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको पहिलो क्वालिफायरमा भान्कोभर नाइट्सलाई ३८ रनले पराजित गर्दै सर्रे फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भान्कोभरले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय १ रनमात्र बनाउन सकेपछि सर्रे फाइनलमा प्रवेश गरेको हो ।
भान्कोभरका लागि फावियन एलेनले सर्वाधिक २७ रन बनाए । सर्रेका म्याथ्यु फोर्डले सर्वाधिक ४ तथा डिलोन हेयलिगरले २ विकेट हात पार्दा सन्दीपले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाउँदा कप्तान इफ्तिकार अहमदले सर्वाधिक ३६ रनको योगदान गरे ।
भान्कोभरका लागि जुनैद सिद्दिकीले सर्वाधिक ४ विकेट हात पारे ।
सर्रेसँग पराजित भान्कोभरले अब फाइनल प्रवेशका लागि मोन्टरियल टाइगर्सविरुद्ध दोस्रो क्वालिफायर खेल्ने छ ।
शुक्रबार राति नै भएको एलिमिनेटर खेलमा मोन्टरियलले ब्राम्पटन उल्भ्सलाई ९ विकेटले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको ब्राम्पटनले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनायो । जवाफमा मोन्टरियलले १ सय ५ रनको लक्ष्य १४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
मोन्टरियलको जितमा दिपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया