श्रीमती र छोरीलाई सम्झिँदा भावुक भए क्रिकेटर ज्ञानेन्द्र मल्ल
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले शुक्रबारबाटै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले १८ वर्षे क्रिकेट यात्रालाई विश्राम दिएको बताएका छन् ।
तर, सन्यासको घोषणा गरिरहँदा ज्ञानेन्द्रले भावुक नहुने प्रयत्न गरिरहँदा उनको त्यो प्रयास सफल हुन सकेन ।
उनले श्रीमती र छोरीसँगै परिवारलाई सम्झने क्रममा भावुक भए र केही क्षण बोल्न सकेनन् ।
‘… मेरो परिवार, विशेष गरी मेरी श्रीमती, जसले मेरो हरेक सुख-दुःखमा साथ दिइन् । छोरी, मेरो खुसी जो मेरो क्रिकेट र क्रिकेट बाहिरको खुसी भइन् । र, सम्पूर्ण आफन्तलाई पनि सम्झन चाहन्छु,’ भन्दै गर्दा ज्ञानेन्द्र भावुक बने ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन जोडेका छन् । उनले ७ अर्धशतक समेत प्रहार गरेका छन् ।
४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले एक शतक र दुई अर्धशतकसहित ८ सय ८३ रन बनाएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया