एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै महेश श्रेष्ठ, यस्ता छन् ५ रणनीति र २५ योजना

काठमाडौँ- गैरआवासीय नेपाली संघको नेतृत्वका लागि महेशकुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाका साथ उम्मेदवारी घोषणा गर्दै छन् । '२०२३–०२५' कार्यकालका लागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबरमा काठमाडौँ हुँदै छ । उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनएहरूले समन्वयात्मक भूमिकामा निभाउन सक्ने नेतृत्वका रूपमा चिन्छन् ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा एनआरएनए, गैर आवासीय नेपाली संघलाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरूलाई एनआरएनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।
उनले आफ्ना रणनीतिलाई कार्यान्वयन गर्न २५ वटा कार्यान्वयन योजना समेत बनाएका छन् । यस्तै आगामी कार्यकालमा पूरा गर्न सक्ने सक्ने गरी योजना उनले समेटेका छन् ।
एनआरएनए अभियन्ता र विभिन्न देशमा रहेका नेपालीहरू माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्नेका रूपमा परिचित छन् । एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकारात्मक असर देखिएको थियो । विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नका लागि अध्यक्षमा उम्मेदवारी दाबी गर्न लागेको उनले बताए ।
विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनएलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन् । ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘गफ लगाउनेमा विश्वास गर्दैन परिणाममुखी काम गर्नुपर्छ ।’
कायचु युर्निभर्सिटी टोकियोमा पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भए सफल नेतृत्व गरिसकेका छन् । २०१९–०२१ मा कोषाध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नका लागि ठूलो भूमिका निभाएका छन् ।
ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषाध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो । २०० बढी बेरुजुका चाङ रहेका थिए । टेन्डर आव्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजुलगायतका देखिएका थिए । एनआरएनए घाटामा रहेको थियो । श्रेष्ठले अध्ययन र व्यावसायिक अनुभवले एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसालेका छन् ।
आफ्नो व्यवसायमा सफल श्रेष्ठले एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले । हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रूपमा बाह्य अडिट गर्ने सिस्टम बसाल्नमा महत्वपूर्ण भूमिका उनले खेलेका छन् ।
श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ । उनी जापानमा सिटी एक्सप्रेस मनि ट्रान्सफरको अध्यक्ष तथा सिइओ, टोनल कम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड, सिटी ट्राभल एन्ड टुर कम्पनीमा निर्देशक समेत रहेका छन् ।
नेपालमा मनि ट्रान्सफरसहित, ट्राभल, हाइड्रो, पर्यटन, आईटी क्षेत्रमा उनी जोडिएका छन् । श्रेष्ठ सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि., द क्लिफ प्रा.लिमा प्रमोटर तथा सल्लाहकार पनि हुन्।
उनले नेतृत्व गरिरहँदा एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टम का योजनाकार हुन् । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै विश्वभर रहेका नेपालीमा परिरहेका समस्या समाधानमा अग्रसर हुने बाचा गरिरहेका छन् ।
विश्वभरका नेपालीलाई जोड्नेसंगै नेपालमा लगानी, सम्पत्ति सुरक्षा, नागरिकताको समस्या समाधानको नेतृत्व लिन उनले चाहेका छन् ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया