दोलखा पहिरो : एक शिशुको मृत्यु, तीन जना बेपत्ता

चरिकोट- दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् ।
गौरीशंकर गाउँपालिका-७ टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो ।
गौरीशंकर-८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया