दोलखामा पहिरोले नौ घर बगायो, ४ जना बेपत्ता, ३ को सकुसल उद्धार

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिकामा गएको पहिरोले नौ घर बगाएको छ । गाउँपालिकाको वडा नं. ८ मा गएको पहिरोमा परी चार जना बेपत्ता रहेको वडाध्यक्ष दावा रेन्जी शेर्पाले इकागजलाई जानकारी दिए ।
उनकाअनुसार वडा नं. ८ मा रहेको टोपाटारमा ६ घर र सल्लेमा ३ घर पहिरोले बगाएको हो । टोपाटार निकै विकट गाउँ हो । वडाध्यक्षको टोली अहिले त्यसतर्फ जाँदैछ । ‘पैदल जानुपर्छ, अझै त्यहाँ पुग्न २ घण्टा लाग्छ,’ अध्यक्ष शेर्पाले टेलिफोनमा इकागजसँग भने, ‘हामीले फोनबाट पाएको जानकारी हो, त्यहाँ पुगेपछि थप क्षतिबारे जानकारी हुन्छ ।’
टोपाटारमा बस्ती माथिबाट आएको पहिरोले गएराति घर बगाएको हो । त्यहाँ स्थानीयले ३ जनालाई सकुसल उद्धार गरेका छन् । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए ।
सल्लेमा भने बिहीबार साँझ घर बगाएको हो । अध्यक्ष शेर्पाकाअनुसा त्यहाँ घर र गोठ बगाउँमा मानवीय क्षति नभएको जानकारी आएको छ । बाख्रा र भै्रसीहरु बगाएको स्थानीयले जानकारी गराएको उनले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया