भारतमाथि वेस्ट इन्डिजको रोमाञ्चक जित
काठमाडौँ- पाहुना टोली भारतविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले रोमाञ्चक जित हात पारेको छ ।
टारोउबामा बिहीबार राति भएको पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ४ रनले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र जोड्न सक्यो ।
अन्तिम ओभरको ६ बलमा १० रनको आवश्यकता भएपनि वेस्ट इन्डिजले दुई २ विकेट हात पारेपछि भारतले ५ रनमात्र जोड्न सक्यो ।
शेफर्डले पहिलो बलमै कुलदिप यादव (३ रन) लाई बोल्ड गरे भने पाचौँ बलमा अर्शदिप सिंह (१२ रन) रन आउट भए ।
भारतलाई अन्तिम बलमा ६ रन चाहिए पनि मुकेश कुमारले केवल १ रन ल्याए ।
भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जासोन होल्डर र ओबेड म्याककोयले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
वेस्ट इन्डिजका लागि कप्तान रोभम्यान पोवेलले ४८ रन तथा निकोलास पुरनले ४१ रन जोडे ।
भारतका लागि अर्शदिप सिंह र युजवेन्द्र चहलले २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया