झापामा दुई सय ३८ जनामा डेंगी संक्रमण

सुरुङ्गा (झापा)- पछिल्ला दिन झापामा डेंगी संक्रमणका बिरामीको संख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए ।
झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगी संक्रमणका बिरामी फेला परेको बताइएको छ । डेंगी संक्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।
सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेंगी संक्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेंगी संक्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया