सामाजिक सुरक्षा भत्ता अनियमिता गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस
म्याग्दी - रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।
गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडासदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । साउन २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण संकलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिए ।
उक्त समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधवारको कार्यपालिका बैठकमा पेस गरेकोे थियो ।
कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागिसम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
वडासचिब आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनाका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्तासमेत आफैले झिक्ने गरेको भेटिएको थियो । वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको रु एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ ।
उजुरी पछि आचार्यलाई वडा सचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराईएको थियो । लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आवश्यक छानबिन गरेर कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबादुर भण्डारीले जानकारी दिए । रासस

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया