भारतका मनोज तिवारीले लिए क्रिकेटका सबै फर्म्याटबाट सन्यास

काठमाडौँ- भारतीय अन्तर्राष्ट्रिय क्रिकेटर मनोज तिवारीले बिहीबार सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
तिवारीले आफ्नो इन्स्टाग्राममा 'क्रिकेट खेललाई अलबिदा' लेख्दै सन्यासको घोषणा गरे ।
तिवारीले अन्तिम पटक सन् २०१५ मा भारतका लागि खेलेका थिए । जिम्बाब्वेमा भएको एकदिवसीय सिरिजका लागि तीन खेलमा मात्र ३४ रन बनाए । त्यसअघि तिवारीलाई सन् २०११-१२ मा भारतको टोलीमा समावेश गरिएको थियो, जहाँ उनले चेन्नईमा वेस्ट इन्डिजविरूद्ध १०४ रन बनाइ अविजित रहेका थिए ।
तिवारीले बंगालबाट फस्ट क्लासका खेलहरु भने जारी राखे । उनले ४८ भन्दा बढी औसतमा नाै हजार रन बनाए । जसमा २९ शतक र ४५ अर्धशतक थियाे । उनको ३०३ रन नट आउटको उच्चतम स्कोरको साथ क्रिकेटबाट सन्यास लिए ।
तिवारी अहिले पश्चिम बंगालका युवा मामिला तथा खेलकुद राज्यमन्त्री छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया