शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

एमालेको अवरोधपछि राष्ट्रिय सभा  बैठक स्थगित

काठमाडौँ–सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि राष्ट्रिय सभाको बिहीबारको  बैठक स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाका थिए । राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गते बस्ने गरि स्थागित भएको हो ।

एमालेले राष्ट्रिय सभा संसदीय दलले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म राष्ट्रिय सभा पनि चल्न नदिने निर्णय गरेको थियो ।  एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पनि आगामी साउन २२ गते बस्ने गरि सूचना टाँच गरेर बैठक स्थगित भएको छ ।