लाइप्जिगका डिफेन्डर ग्वार्डिओल भित्र्याउन म्यानचेस्टर सिटीले ९० मिलियन यूरो तिर्ने

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिगका डिफेन्डर जोस्को ग्वार्डिओल भित्र्याउन म्यानचेस्टर सिटीले ९० मिलियन यूरो तिर्ने भएको छ।
२१ वर्षीय क्रोएसियाली डिफेन्डर ग्वार्डिओललाई ९० मिलियन यूरो तिर्न सिटी र लेपिज्गबीच सहमति भएको बीबीसीले जनाएको छ ।
सन् २०२१ मा डायनामो जाग्रेबबाट लाइप्जिगका आएदेखि ग्वार्डिओलले ८७ खेल खेलिसकेका छन् ।
सिटीले ग्वार्डिओल भित्र्याउँदा उनी प्रिमियर लिगका दोस्रो सबैभन्दा महँगो डिफेन्डर बन्नेछन् । म्यानचेस्टर युनाइटेडले सन् २०१९ मा ह्यारी म्यागुइरका लागि लेस्टर सिटीलाई एक सय एक मिलियन यूरो तिरेको थियो ।
ग्वार्डिओलले सिटीमा क्रोएसियाली अन्तर्राष्ट्रिय माटेओ कोभासिकसँग खेल्नेछन् ।
क्रोएसियाका लागि २१ खेल खेल्दा दुई गोल गरेका ग्वार्डिओलले आफ्नो देशलाई २०२२ को विश्वकपमा तेस्रो स्थान बनाउन मद्धत गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया