दशौँ राष्ट्रिय खेलकुदको तयारीमा कर्णाली

सुर्खेत - अहिले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ । जसका पूर्वाधार निर्माणसँगै विभिन्न खेलहरूको तयारीमा लागेको छ ।
यसका लागि विभिन्न खेलहरूलाई वर्गीकरण गरेको छ । परिषद्को १३औँ बोर्ड बैठकले (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । जस अन्तर्गत विभिन्न खेलहरू पर्दछन् । कर्णाली हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै धमाधम रंगशालाको काम पनि अघि बढेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रंगशालाको ६० प्रतिशत काम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्का अनुसार ६० प्रतिशत भौतिक प्रगति र ४६ प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रंगशालामा दर्शकका लागि प्याराफिट बनाइएको छ । जसमा चार हजार कुर्सीको जडान कार्य सम्पन्न भएको छ । यस्तै भिआईपीतर्फको प्याराफिट निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।
त्यसैगरी रंगशालामा पौडीपोखरी, व्यावसायिक सटर गेट निर्माण कार्यको सिभिल स्ट्रक्चर कार्यको अन्तिम चरण तथा फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको काम भइरहेको छ । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइँदैछ । रंगशाला निर्माणको जिम्मा पाएको एमएसी–जिएसएल कम्पनीले पनि तोकिएको समयमै रंगशाला सम्पन्न गर्ने दाबी गरेको छ ।
निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै अगाडि बढेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । सोही बमोजिम रंगशाला निर्माणको काम धमाधम अघि बढाइएको उनले बताए । परिषद्का सदस्य सचिव सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।
अहिलेसम्म रंगशालामा ६५ करोड ८५ लाख रकम खर्च भएको परिषद्ले जनाएको छ । प्रदेश सरकारले आगामी वर्ष प्रदेश खेलकुद अन्तर्गत चालूतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ९१ करोड ८० लाख गरी जम्मा एक अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ । जसमा निर्माणाधीन प्रदेश रंगशालाको लागि ८५ करोड छुट्याइएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया