निवर्तमान मुख्यमन्त्रीको हैसियतमा सिट नराखेको भन्दै हिक्मत कार्कीद्वारा मुख्यमन्त्री थापाको सपथ बहिष्कार

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मङ्गलबार मुख्यमन्त्री नियुक्त भएका उद्वव थापाको सपथ ग्रहण बहिस्कार गरेका छन् । सपथ ग्रहण कार्यक्रममा पुगेका कार्कीले आफूलाई निवर्तमान मुख्यमन्त्रीको हैसियतमा बस्ने सिट व्यवस्थापन नभएको भन्दै सपथ बहिस्कार गरेका हुन् ।
कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गले सत्ता गठबन्धन कै इसारामा काम गरेको आरोप पनि लगाए ।
'प्रदेश प्रमुखज्युले केही दिन यता सर्वोच्चको आदेश नमान्ने, संविधानको सर्वोच्चतालाई नस्वीकार्ने काम गरिरहनु भएको छ' कार्कीले भने- 'सरकार अविछिन्न हुनुपर्नेमा निवर्तमान मुख्यमन्त्रीलाई वहाँले अस्विकार गर्नुभयो, विधि, अभ्यास र परम्परालाई लत्याएपछि म सपथ छोडेर निस्किएको छु।'
आज बिहान साढे १० बजेलाई तोकिएको मुख्यमन्त्री थापाको सपथ ग्रहणमा पनि कार्की तोकिएकै समयमा प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले आफ्नो बस्ने सिट मुख्यमन्त्रीको छेउमा हुनुपर्नेमा जनाएका थिए । तर प्रदेश प्रमुखको कार्यालयले भने कार्कीलाई पूर्व मुख्यमन्त्रीका रुपमा तल सिट राखेपछि उनले सपथ बहिष्कार गरेका हुन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया