कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए सपथ, पूर्व सभामुख गौतम बने आर्थिक मामिला मन्त्री

विराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीका उद्धव थापाले साढे ६ घण्टा समय सारेर पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
बुधबार बिहान साढे १० बजेका लागि तोकिएको सपथ ग्रहणको समयलाई बेलुका ५ बजे सारिएको थियो । सत्ता गठबन्धनको दोस्रो घटक माओवादीभित्र मन्त्री छान्ने विवाद चर्किंदा मुख्यमन्त्री थापाले तोकिएको समयमा सपथ लिन पाएनन् ।
गठबन्धनबीच भएको दिनभरको बैठकपछि भएको सहमति अनुसार सभामुखबाट राजीनामा दिएका माओवादी केन्द्रका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाउने सहमति भएपछि सपथ ग्रहण सम्भव भएको जनाइएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री थापाले तोकेको मन्त्रीहरूको कार्य विभाजन बमोजिम उनीहरूलाई प्रदेश प्रमुख खापुङ्गले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
जवेगु र सुनुवार यसअघि पनि थापाकै नेतृत्वमा गठन भएको सरकारमा विना विभागीय मन्त्री नियुक्त भएका थिए । अघिल्लो सरकार गठनको सबै प्रक्रिया सर्वोच्च अदालतले बदर गरेपछि उनीहरु विना बिभागीयबाट बिदा भएका थिए ।
गठबन्धन दलहरुबीच अघिल्लो पटक मन्त्रालय सम्हाल्ने अवसर नै प्राप्त नगरेको भन्दै जवेगु र सुनुवारलाई मन्त्रीमा दोहोर्याएर पठाउने सहमति भएको जनाइएको छ ।
यता थापाले दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनीयताको सपथ लिएका छन् । असार २१ मा तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा दाबी पत्र पेश गरेका थापाको सरकारलाई सर्वोच्चले बर्खास्त गरिदिएको थियो ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया