इङ्ल्यान्ड र अष्ट्रेलियाको विश्व टेस्ट च्याम्पियनसीपको अंक घट्यो

काठमाडौँ- इङ्ल्यान्ड र अष्ट्रेलिया दुवैको विश्व टेस्ट च्याम्पियनसीपमा अंक घटेको छ ।
पुरुष एशेज टेस्ट सिरिजमा 'स्लो ओभर-रेट' कायम राखेको कारण आईसीसीले दुवै टिमको अंक घटाएको हो ।
ओल्ड ट्राफोर्डमा भएको चौँथो टेस्ट खेलमा स्लो ओभर रेट भएको कारण अस्ट्रेलियाको विश्व टेस्ट च्याम्पियनसीपको १० अंक घट्यो । त्यस्तै इङ्ल्यान्डले पाँचमध्ये चार टेस्टमा स्लो ओभर-रेट गरेकाले १९ अंक गुमाएको हो ।
इङ्ल्यान्ड एजब्यास्टनमा भएको पहिलो टेस्टमा दुई ओभर, लर्ड्समा भएको दोस्रो टेस्टमा नौ ओभर, ओल्ड ट्राफोर्डमा भएको चौँथो टेस्टमा तीन र ओभलमा भएको अन्तिम टेस्टमा पाँच ओभर कम गरेको थियो ।
चौँथो टेस्टमा अष्ट्रेलियाले १० ओभर स्लो गरेकाले खेल शुल्कको ५० प्रतिशत जरिवाना तिर्नुपर्यो ।
पाँच खेलको सिरिज २-२ को बराबरीमा टुंगिएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया