सन्दीपको एकदिवसीय वरीयता सुधार, ब्याटिङमा दिपेन्द्र शीर्ष सयभन्दा बाहिर

काठमाडौँ- लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ । सन्दीपको बलिङतर्फको वरीयतामा सुधार भएको हो ।
सन्दीप २४ औँ स्थानबाट २३ औँ स्थानमा उक्लिएका छन् । बलिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ६३ औँ स्थानमा रहेका छन् । बलिङतर्फ नै सोमपाल कामी ७९ औँ स्थान तथा ललित राजवंशी ९८ औँ स्थानमा यथावत रहेका छन् ।
एकदिवसीयको ब्याटिङतर्फ भने दिपेन्द्र सिंह ऐरी शीर्ष १०० बाट तल झरेका छन् । कप्तान रोहित कुमार पौडेल भने ७३ औँ स्थानमा यथावत रहँदा आशिफ शेख भने एक स्थानमाथि ७९ औँ स्थानमा उक्लिएका छन् ।
टी-ट्वान्टीको ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी ६२ औँ स्थान तथा अलराउन्डतर्फ १४ औँ स्थानमा यथावत छन् ।
टी-ट्वान्टीको बलिङतर्फ सन्दीप लामिछाने ७० औँ स्थानमा यथावत छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया